चितवन २ मा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने
चितवन | बैशाख ११, २०८०
तस्बिर फाइल
चितवन: चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेभएको छ । बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका जित नारायण श्रेष्ठले बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको जानकारी दिए। चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ । मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले बताए ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

